डिफेण्डिङ च्याम्पियन फ्रान्सलाई टाइब्रेकरमा हराउँदै अर्जेन्टिनालाई विश्वकपको उपाधि
काठमाडाैं | पुस ३, २०७९
काठमाडौं: कतारमा सम्पन्न फिफा विश्वकप फुटबलमा डिफेण्डिङ च्याम्पियन फ्रान्सलाई हराउँदै र अर्जेन्टिना तेस्रो पटक च्याम्पियन बनेको छ ।
आज भएको फाइनल खेलको निर्धारित र अतिरिक्त समय ३–३ गोलको बराबरीमा सकिएपछि टाइब्रेकरमा डिफेण्डिङ च्याम्पियन फ्रान्सलाई ४–२ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिनाले विश्वकपको उपाधि जितेको हो ।
यसपटक जितेसँगै अर्जेन्टिना तेस्रो पटक फिफा विश्वकप फुटबलमा च्याम्पियन बनेको छ ।
अर्जेन्टिनाको जीतमा खेलको २३ औं मिनेटमा पाएको पेनाल्टीलाई सदुपयोग गर्दै कप्तान लियोनल मेस्सीले पहिलो गोलको योगदान दिए । डि एरियाभित्र फ्रान्सका ओसुमाने डेम्बेलेले डी मारियालाई लडाएपछि अर्जेन्टिना पेनाल्टीको अवसर प्राप्त गरेको थियो ।
यस्तै खेलको ३६ औं मिनेटमा एन्जल डी मारियाले गोल गर्दै अग्रता दोब्बर बनाएका थिए । त्यसैगरि अतिरिक्त समयमा कप्तान मेस्सीले नै व्यक्तिगत दोस्रो र टिमका लागि तेस्रो गोल गरेका थिए ।
यता डिफेण्डिङ च्याम्पियन फ्रान्सले पहिलो हाफमा पाएको अवसरलाई सदुपयोग गर्न सकेन तर दोस्रो हाफमा भने खेलमा फर्किदै २ गोल र अतिरिक्त समयमा पेनाल्टीमार्फत १ गोल गर्दै किलियन एम्बाप्पेलेले ह्याट्रिक पुरा गरेका थिए ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

